१४ पुष २०८१, आईतवार
हुलाकी राजमार्गको अतिक्रमणमा डोजर चल्यो

  • टाइम्स संवाददाता

  • १३ पुष २०८१, शनिबार २०:०७

नेपालगन्ज- बाँकेको नेपालगन्ज- नरैनापुर हुलाकी राजमार्ग अन्तर्गत सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन नरैनापुर गाउँपालिकाले डोजर चलाउन सुरु गरेको छ ।

नरैनापुर गाउँपालिका कार्यालयले एक साता अघि सूचना प्रशारण गर्दै स्थानीयलाई सडकको मापदण्ड ३० मिटर भित्र पर्ने संरचना हटाउन आग्रह गरेको थियो। नगरको आग्रह अटेरी गरेर संरचना नहटाउनेविरुद्ध डोजर चलाउनु परेको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो।

उहाँका अनुसार वडा नम्बर १ सुईयादेखि सुरु गरिएको अवैध घरटहरा भत्काउने अभियान एक साता भित्रै ६ वटै वडामा सञ्चालन हुनेछ। सो अभियानमा गाउँपालिकाको प्राविधिक शाखा र अनुगमन शाखासमेत सहभागी छ।

Nabintech