नेपालगन्ज- बाँकेको नरैनापुर गाउँपालिकामा जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित सो प्रतियोगिताको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले उदघाटन गर्नुभयो ।
सो अवसरमा अध्यक्ष साहले नरैनापुर गाउँपालिकाले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण अझ फराकिलो बनाउँदै लैजाने बताउनुभयो । कार्यक्रमका नरैनापुर वडा ६ का अध्यक्ष प्रेम मौर्य, भेरी रकर्स क्लबका अध्यक्ष मोहम्मद साजिद खान, नरैनापुरका राजस्व शाखा एवं शाखा प्रमुख मुकद्दर अलि मुकेरी, बिपद शाखा प्रमुख भरत महतो, नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खान, एमाले नरैनापुरका नेता बिनय दिक्षित लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
यसैबिच प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा राप्ती सोनारी बिजयी भएको छ । नरैनापुरलाई ५ विकेटले पराजित गरी राप्ती सोनारीले बिजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको नरैनापुरले १२ ओभरमा ११९ रन जोड्दै अलआउट भयो । १२० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न खेल मैदानमा उत्रेको राप्ती सोनारीले ११.३ ओभरको समाप्तिमा आफ्ना ७ विकेटको क्षतिमा सो लक्ष्य पूरा गरेको थियो ।
खेलमा दिपेन्द्र कुमार म्यान अफ द म्याच घोषित हुनुभयो । युवा शसक्तिकरण र पहिचानका लागि खेलकुद भन्ने मुल नारासाथ आयोजना गरिएको प्रतियोगितामा बाँकेका ८ वटै स्थानीय तहका तीन दर्जन टिमको सहभागिता छ ।
प्रतियोगिताका बिजेताले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै, उपबिजेता टिमलाई नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।