कोहलपुर – बाँकेको कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ उत्साहजनक रूपमा संचालन भैरहेको आयोजकको दाबी रहेको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा
संचालन भैरहेको महोत्सव १० औं दिनसम्म उत्साहजनक रुपमा संचालन भैरहेको महोत्सव मुल आयोजक समिति सह संयोजक मिना पुन मगरले बताइन । जनजाती आदिवासीले पहिलोपटक कोहलपुरमा आयोजना गरेको महोत्सवमा दर्शकहरुको उल्लेखनीय सहभागिता भएका कारण महोत्सव उत्साहजनक रुपमा संचालन भैरहेको उनले बताइन १ महोत्सवमा सुरु गर्दा हामीले यस्तो उत्साहजनक सहभागिता होला भन्ने अपेक्षा समेत गरेका थिएनौं तर दर्शकहरु उत्साहजनक उपस्थिति देखर हामी आयोजक टिम निकै खुसी छौँ दर्शकहरुको मागलाइ ध्यानमा राख्दै ३ दिन महोत्सव थप गरेका छौ यसप्रति कोहलपुर नगरपालिका परिवारलाई धन्यवाद दिन्छौ उनले भनिन ।
महोत्सव सचिवालय सह संयोक करण पुनले चौतर्फी सबैको सहयोग र दर्शकको मायाले कोहलपुर महोत्सव सोचे भन्दा निकै राम्रो र उत्साहपुर्ण भएको बताए१ दिनहुँ दर्शकको उपस्थितिले महोत्सव सफल भैसकेको आयोजकलाइ महसुस भएको छ यसमा हामीलाई साथ, समर्थन र सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्छौ उनले भने आदिवासी जनजाति संग्रहालय निर्माणार्थ
गत पुस ९ गते देखि सुरु गरिएको महोत्सव १७ गतेसम्म संचालन गरिने बताइएको थियोे तर दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएकोले दर्शकहरुको मागलाइ सम्बोधन गर्दै थप ३ दिन पुस २० गते सम्म संचालन गरिने निर्णय गरिएको आयोजकले जनाएको छ ।
नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्सपोमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति भइरहेको छ ।
महोत्सवको १० औ दिन बिहीबार सदाबहार गायक आनन्द कार्की ,गायिका प्रीती आलेले दर्शकहरुलाइ भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै लो दोहोरी गायक धनराज चुनारा , इब्सल सन्ज्यालको पनि सांगीतिक प्रस्तुति रहेको थियोे । महोत्सवमा मोडेल दुर्गा रानाको प्रस्तुति रहेको थियो । आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनले स्टलबाट अपेक्षा अनुसारको व्यापार भैरहेको बताए ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।
१९ गतेका मुख्य आकर्षक
महोत्सवमा शुक्रबार पछिल्लो समय दर्शकहरुको मनमा बस्न सफल गायिका ज्योति मगर गायक शिव संगीत ,सुस्मिता कटवाल ,आरके थारु , आउने भएका छ्न । महोत्सवमा मोडल तथा डान्सर मौसमी रानामगरको पनि प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।