कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१) को अन्तिम दिन शनिबार राष्ट्रिय स्तरका कलाकारहरूको वेजोड प्रस्तुति रहेको छ । महोत्सवको अन्तिम दिन दर्शकहरुको घुइँचो लागेको थियोे ! महोत्सवमा पछिल्लो समय दर्शकहरुको मनमा बस्न सफल लोक तथा दोहोरी गायक खुमन अधिकारीले वेजोड सांगीतिक प्रस्तुति मार्फत दर्शकहरुलाई बेस्सरी नचाएका थिए । उनका चर्चित गितहरु गाएर मनोरञ्जन प्रदान गरेका गायक अधिकारी दर्शकका छेउमै पुगेर हात मिलाउदा सुरक्षाकर्मीलाइ भिड थाम्न हम्मे हम्मे परेको थियोे ।महोत्सवमा गायिका जानकी तारमी मगरले पनि दर्शकहरुलाइ भरपुर मनोरञ्जन प्रदान गरेकी थिइनँ । साँझ परिसक्दा स्टेजमा उक्लेका गायक यस कुमारले पनि दर्शनहरुलाइ मन्त्रमुग्ध पारेका थिए त्यस्तै गायिका मन कुमारी सुनार ,देउडा गायिका रेखा जोशी लगायतले पनि दर्शकहरुलाइ भरपुर मनोरञ्जन प्रदान गरेका थिए । साथमा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहेको आयोजकले जनाएको छ ।
नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा आदिवासी जनजाति संग्रहालय निर्माणार्थ गत पुस ९ गते देखि सुरु गरिएको महोत्सव १७ गतेसम्म संचालन गरिने बताइएको थियोे तर दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएकोले दर्शकहरुको मागलाइ सम्बोधन गर्दै थप ३ दिन पुस २० गते सम्म संचालन गरिएको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छ्न ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका साथै दिनहुँ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहदै आएका थिए त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ । महोत्सवको आइतबार समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।