२५ पुष २०८१, बिहीबार
सूर्यदर्शन सहकारी प्रकरणमा जाहेरवालातर्फको जवाफी बहस सकियो, भोलि आदेश आउने सम्भावना

  • टाइम्स संवाददाता

  • २४ पुष २०८१, बुधबार १८:१०

पोखरा – सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरुमाथिको बहस अन्तिम चरणमा पुगेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान सकिएको हो । आज आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे । जाहेरवाला तर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टेले पनि बहस गरे ।

यसअघि रास्वपा सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए ।
अब भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । भोलि नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

Nabintech