२५ पुष २०८१, बिहीबार
जय ट्रफीः दिनको खेल सकिँदा पुलिसलाई पहिलो इनिङमा ४५ रनको अग्रता

  • टाइम्स संवाददाता

  • २४ पुष २०८१, बुधबार १८:२४

काठमाडौँ – जय ट्रफी दुईदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पुलिसले मधेशविरुद्ध ४५ रनको अग्रता बनाएको छ। पहिलो दिन पहिले ब्याटिङ गरेको मधेश १ सय २९ रनमा अलआउट भएको थियो। जवाफमा पुलिसले दिनको खेल सकिँदा १ सय ७४ रन बनायो।  टस हारेर पहिले ब्याटिङ गरेको मधेशका लागि मयन यादवले ५९ रन बनाउनु सर्वाधिक रह्यो। उनले ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै निरज यादवले २९ रन बनाउँदा अन्यको प्रदर्शन भने गतिलो रहेन। थप दोहोरो स्कोरका रुपमा अभिषेक तिवारीको १७ रन रहँदा अन्यको प्रदर्शन भने गतिलो रहेन।

पुलिसका लागि गुल्सन झाले सानदार बलिङ गर्दै ५ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले २ विकेट लिंदा श्रवन यादव र ललित राजवंशीले समान १–१ विकेट लिए।

पहिलो दिननै जवाफि इनिङ सुरु गरेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएर आउट भए। उनले ६३ रन बनाए। त्यस्तै दिलिप नाथले ४० रन बनाए। पहिलो विकेटका लागि यी दुईबीच ९६ रनको साझेदारी भएको थियो।

त्यस्तै गुल्सन झाले २० रन बनाउँदा अमित श्रेष्ठ ३४ र आरिफ शेख १३ रनमा अविजित फर्किएका छन्। मधेशका लागि हरिशंकर शाहले २ विकेट लिंदा अभिषेक तिवारीले १ विकेट लिए।

Nabintech