२५ पुष २०८१, बिहीबार
प्रेस सेन्टर नेपाल बाँके शाखाको सातौं जिल्ला अधिवेशन

चार जना पत्रकार पुरस्कृत


  • टाइम्स संवाददाता

  • २५ पुष २०८१, बिहीबार १२:३१

नेपालगन्ज:  प्रेस सेन्टर नेपाल बाँके शाखाको बुधबार सातौं जिल्ला अधिवेशन गरिएको छ । जिल्ला अध्यक्ष राजेश आचार्यको सभापतित्व एवम् प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सेराजुद्धिन खानको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।  प्रमुख अतिथी खानले जनतालाई सचेत गराउने वर्ग पत्रकार भएकाले पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गरे । उनले सकारात्मक सोँच आउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले राजनीतिक दलभन्दा माथि उठेर नैतिकताका आधारमा पत्रकारिता गर्नु पर्ने बताए ।

प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिश्वकर्माले जनपक्षीय पत्रकारिता आफैंमा सजिलो विषय नभएको बताए । जनताको पक्षमा पत्रकारिता गर्ने कुरा र भुइँ तहका जनताको समस्या उजागर गरी निश्कर्षमा पु¥याउने कुरा अवश्य नै चुनौतिपूर्ण कुरा भएकोले आइपर्ने समस्या समाधान गर्दै अघि बढ्न तयार रहन पत्रकाहरुलाई उनले आग्रह गरे ।

प्रेस सेन्टर नेपाल लुम्बिनीका उपाध्यक्ष प्रदीप वाग्लेले जनमुखी पत्रकारिता मार्फत समाज रुपान्तरणको पक्षमा समाचार लेख्नतर्फ केन्द्रित हुन आग्रह गरे । प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव आलम खानले लोकतन्त्रको सुदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने धारणा राखे ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे, प्रेस सेन्टरका नेताहरु डा। डक्ट प्रसाद धिताल, शिव सुनार, सुशिल लामिछाने, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रिया स्मृति ढकाल, ठकुरी पत्रकार समाज नेपालका महासचिव विजय मल्ल, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी लगायतले शुभकामना मन्तब्य राखे । प्रेस सेन्टरका उपाध्यक्ष संगीन शर्माले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन केपी घिमिरेले गरेका थिए ।

चार जना पत्रकार पुरस्कृत
सोही समारोहमा चार पत्रकार पुरस्कृत एवम सम्मानित भएका छन् । प्रेस सेन्टर नेपाल बाँके शाखाले स्थापना गरेको विभिन्न पत्रकारिता पुरस्कारबाट उनीहरु पुरस्कृत एवम् सम्मानित भएका हुन् ।

क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट डा। डक्ट प्रसाद धिताल, बिरमी–चन्द्र पत्रकारिता पुरस्कारबाट सबिता चन्द र शान्ति सुनार तथा सुशिल क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट शिव सुनारलाई पुरस्कृत भएका हुन् । पुरस्कृत तथा सम्मानित सबैले जनही चाँच हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

Nabintech