१४ माघ २०८१, सोमबार
अछामको किशोरी मृत्यु प्रकरणमा दुई जना प्रहरी नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • १४ माघ २०८१, सोमबार ०८:३५

अछाम- अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उहाँहरूलाई पक्राउ गरिएको छ ।  पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो ।
शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्क विहीन हुनुभयो । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासन सँग माग गरेको छन् । शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन । मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् ।
शङ्कास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।

Nabintech