नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा दन्त शिक्षा सम्बन्धी अध्ययन अध्यापन शुरु भएको जानकारी दिएको छ । काठमाण्डौँ विश्वविद्यालयलले हालै मात्र बिडिएस कार्यक्रमका लागि १५ जना, बिएमएलटीमा ५ जना, बिएम आईटीमा ५ जनाको कोटा स्विकृत भएको मंगलबार भएको पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले जानकारी दिएको छ । विश्वविद्यालयको प्राबधान अनुसार बिडिएस कार्यक्रम अन्र्तगत ४० जनाको कोटा तथा बिएमएलटीमा २० जना र बिएम आईटीमा २० जनाको कोटा भएता पनि भौतिक पूर्वाधार र पहिलो चरण लागुभएको कार्यक्रम भएकोले पहिलो बर्ष भौतिक पूर्वाधारको कमी र बिद्यार्थीको संख्यालाई मध्यनजर गर्दै तत्कालका लागि २५ जनको कोटा स्विकृत भएको अस्पलालले जानकारी दिएको छ ।
अस्पतालले दन्तपरिक्षण सम्बन्धी ९ वटा डिपार्टमेन्टमा उपचार हुने जनाएको छ । जसमा ओरल मेडिकल एण्ड रेडियोलोजी, मुख तथा अनुहारको शल्यक्रिया, प्रोस्थोडोन्टिक्स, अर्थोडेन्टिक बिभाग, गिजा सम्बन्ध्ी बिशेषज्ञ सेवा, बच्चाहरुको दन्त सेवा बिशेषज्ञ, ओरल प्याथोलोजी, इन्डोडेक्टिस र कम्युनिटि डेण्ट्रिस्ट्रि सेवा संचालन हुदै आएको अस्पताल प्रशासनले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।