१७ माघ २०८१, बिहीबार
भोलिदेखि कोहलपुरमा आठौं मेयर कप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड हुँदै

  • टाइम्स संवाददाता

  • १५ माघ २०८१, मंगलवार २१:०७

कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समिति कोहलपुरको संचालन तथा व्यवस्थापनमा आठौं मेयर कप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलि बुधवारदेखि कोहलपुर १ मा रहेको कृष्ण मा।वि।को खेल मैदानमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदकालागि सम्पुर्ण तयारी पुरा भएको जनाउदै खेलकुद छनौट प्रतियोगिताका सदस्य सचिव दिलिप ओलिले खेलकुद माघ १६ गतेदेखि १९ गते सम्म सञ्चलालन हुने जानकारी दिएका छन । उनले चार विधाहरु एथलेटिक्स, भलिवल, कवड्डि र मार्शल आर्टका खेलहरु हुने आठौं मेयर कप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट खेलमा यस पटक चेस खेललाई समेत समावेश गरिएको छ ।

एथलेटिकसमा मावितर्फवाट ६७३ जना, आवि तर्फवाट ५१५ जना, भलिवलमा मावितर्फवाट ३८ टिम, आवितर्फका २३ टिम, कवड्डिमा ४४ टिम मार्शल आर्टमा १३३ जनाले प्रतिस्पर्धा गर्नेछन ।
सवै खेलमा गरि २ हजार १ सय सतसठ्ठि जनाले सहभागिता जनाउने छन । खेलकुद प्रतियोगिताकालागि कोहलपुर नगरपालिकाले १० लाख वजेट विनियोजन गरेको छ भने सहभागि विद्यालयको प्रबेश शुल्क बापत करिवन ३ लाख संकलन भएको सदस्य सचिव ओलिले यस पटक मावि तर्फ प्रथम हुनेलाई ७५ हजार, द्धितिय हुनेलाई ६५ हजार र तृतिय हुनेलाई ५५ हजारकासाथै उत्कृष्ठ खेलाडिलाई ५१ हजार नगद सहित पुरष्किृत गरिने जनाएका छन ।

त्यसैगरि आवितर्फ प्रथम, द्धितिय र तृतियले क्रमश २५ हजार, २० हजार र १५ हजार प्राप्त गर्नेछन । मावितर्फ १३ सामुदायिक र २७ संस्थगत लगरि कुल ४० विद्यालयको सहभागिता रहनेछ भने आवि तर्फ ८ सामुदायिक र ५ संस्थागत गरि जम्मा १३ विद्यालयहरुले सहभागिता जनाउनेछन ।

 

Nabintech