१७ माघ २०८१, बिहीबार
जेष्ठ नागरिकलाई स्वास्थ्यमा पुहँच पुराउँदै सिम्ता गाउँपालिका

  • टाइम्स संवाददाता

  • १७ माघ २०८१, बिहीबार ०८:००

सुर्खेत : सरकारले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमामा राखेको छ यसै कुराको कार्यान्वयन गर्दै सुर्खेतको सिम्ता गाउपालिकाले स्वास्थ्य सेवालाई सर्वसुलभ तरिकाले नागरिकको पहुँचमा पुर्याउन थालेको छ ।


जनतासंग सिम्ता गाउँपालिका कार्यक्रम अन्तरगत सुर्खेतको सिम्ता गाउँपालिकाकाले जेष्ठ नागरिकहरुको लागी आँखा शिबिर सन्चालन गरेको छ । नागरिकको स्वास्थ्य उपचारको लागी तत्पर रहदै जेष्ठ नागरिकहरुको लागी निशुल्क आँखा शिबिर सन्चालन गरेको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन वहादु चन्दले बताएका छन ।


३ दिनसम्म सन्चालन हुने आँखा शिबिरबाट २ सय भन्दा बढि जेष्ठ नागरिकहरुले निशुल्क आँखाको शल्यक्रिया सेवा लिने छन । लायन्स क्लब ,रुईत फाउन्डेशन र रेडक्रम सुर्खेतले आँखा शिबिरको प्राबिधक सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष गोमा रेग्मीले बताइन ।
९ वटा वडा रहेको सिम्ता गाउँपालिकाकाले हालसम्म बिभिन्न वडाका १७ स्थानमा निशुल्क आँखा शिबिर सन्चालन गरेको स्वास्थ्य शाखाका बिरेन्द्र पुनले कोहलपुर टाइम्सलाई बताए ।
स्वास्थयको पहुच भन्दा टाढा रहेका दुर्गम बस्तीका नागरिकहरुलाई घर दैलोमै स्वास्थय सेवा उपलब्ध गराउने उदेश्यले सन्चालन गएको आँखा शिबरबाट जेष्ठ नागरिकहरुले लाभ लिएका छन ।

Nabintech