योग गुरु डा. योगी विकाशानन्दले कोहलपुरमा उत्प्रेरणात्मक प्रवचनका साथै योगाभ्यास गराउने भएका छन । कोहलपुरमा रहेको गोर्खा यूनाइटेड विद्यालयको आयोजनामा दुई दुने योग तथा ध्यान शिविरका साथै उत्प्रेरणात्मक प्रवचन दिने भएका छन । योग शिविरका बारेमा जानकारी दिन पत्रकार सम्मेलनमा बोल्दै गोर्खा यूनाईटेड विद्यालयका संचालक केशरबहादुर आलेले पश्चिम नेपालमै पहिलो पटक यो गुरु विकासानन्दको उपस्थितीमा जीनशैली व्यवस्थापन सम्बन्धी शिविर संचालन गर्न लागिएको जानकारी दिनुभयो । पश्चिम नेपालको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गोर्खा यूनाइटेड पब्लिक स्कुलले विकासानन्द फाउण्डेसनको समन्वय र सहकार्यमा यहि माघ २२ र २३ गते शिविर संचालन गर्न लागेको बताउनु भयो । विद्यालयको प्रांगढमा बिहान ७ः३० बजे देखि दिउसो ३ बजेसम्म संचलन हुने शिविरमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथिका विद्यार्थी, अभिभाबक, राजनितिक तथा सामाजिक ब्यक्तित्वका साथै आम नागरिकको सहभागिता रहने छ ।
पछिल्लो समय प्रबिधिको युगसंगै मानिसमा निराशापन तथा अल्छीपन हुनुका साथै मानसिक समस्याको रुपमा अघि बढेको अबस्थामा यो शिविरबाट केहि लाभ हुने आफुहरुले विश्वास लिएको आलेले जानकारी दिनु भयो ।
सामाजिक उत्तरदायित्व अन्र्तगत शिविरआयोजना गर्न लागिएको विद्यालयका प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिनु भयो । कार्यक्रममा सबैको सहभागीता हुनेमा आफुहरु विश्वस्त रहेको समेत बताउनु भयो ।