७ बैशाख २०८२, आईतवार
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला

  • टाइम्स संवाददाता

  • १९ माघ २०८१, शनिबार १८:२२

काठमाण्डौ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला पर्नुभएको छ । उहाँ भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिकै बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार ४३ वर्षीय कलौनीलाई बिहान पौने ८ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । प्रारम्भिक अवस्थामा बाहिरी शरीरमा कुनै चोट नदेखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम रिपोर्टपछि विस्तृत विवरण आउने डीएसपी जोशीले बताउनुभएको छ ।

Nabintech