काठमाण्डौ – नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड २५औं बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । धरान रङ्गशालामा आज भएको उद्घाटन खेलमा चर्च ब्वाइजले पुलिसलाई १–० गोलले हरायो । चर्च ब्वाइजको जीतमा सन्तोष खत्रीले गोल गरे । बुढासुब्बा गोल्डकपमा भोलि आयोजक धरान फुटबल क्लब र यूके एफसी भारत खेल्दैछन् । प्रतियोगितामा भारत र भुटानका २ सहित ८ वटा टिम सहभागी छन् ।
बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार माघ २६ गते हुनेछ ।