चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली नागरिकमा राजनीतिक चेतना बढ्दै गएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) चितवनले आज आयोजना गरेको पार्टी प्रवेश एवम् प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशभरि नागरिकको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माओवादी केन्द्रप्रति नागरिकमा ठूलो भरोसा बढेको छ ।’ अहिले पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ आफू लागेको प्रचण्डको भनाइ छ । कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।