२६ माघ २०८१, शनिबार
बाँकेमा ट्राफिक प्रहरीलाई ‘रक्षात्मक ड्राइभिङ’ प्रशिक्षण

  • टाइम्स संवाददाता

  • २५ माघ २०८१, शुक्रबार १८:३२

बाँकेस् जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाबाट जोगिनका लागि ट्राफिक प्रहरी कर्मचारीलाई नै रक्षात्मक ड्राइभिङ (डिफेन्सिभ ड्राइभिङ) सम्बन्धि प्रशिक्षण दिएको छ । प्रहरी प्रधान कार्यालयको अवधारणा अनुसार बाँके ट्राफिक प्रहरी कार्यालयले जिल्लाभर रहेका सबै युनिटका कर्मचारीहरुलाई नै प्रहरी कर्मचारी संलग्न दुर्घटना न्यूनीकरण सम्बन्धि सवारी दुर्घटना लक्षित रक्षात्मक ड्राइभिङ प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक नन्द प्रसाद पोखरेलले बताए ।

पोखरेलका अनुसार ट्राफिक प्रहरी लगायत धेरैजसो सुरक्षाकर्मीको सवारी दुर्घटनामा परेर मृत्यु भएको धेरै घटना हुँदै गर्दा दुर्घटनाबाट बच्न डिफेन्सिभ ड्राइभिङ प्रशिक्षण सुरु गरिएको हो । ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुर क्षेत्रलाई कोहलपुर र नेपालगन्ज क्षेत्रतर्फका लागि नेपालगन्जमा प्रशिक्षण दिइएको पोखरेलले जानकारी दिए । पोखरेलले भने(“यस्तो किसिमको प्रशिक्षणले ट्राफिक प्रहरीलाई दुर्घटनाबाट बच्न धेरै मद्दत पुग्ने विश्वास लिइएको छ ।”

उक्त प्रशिक्षण कोहलपुरका लागि निमित्त ट्राफिक प्रमुख पोखरेल र नेपालगन्जमा ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

 

Nabintech