२७ माघ २०८१, आईतवार
दिल्लीमा भाजपालाई दुई तिहाइ : आम आदमी २२ सिटमा सीमित, कांग्रेस फेरि शून्य

  • टाइम्स संवाददाता

  • २७ माघ २०८१, आईतवार ०८:४०

भारतीय जनता पार्टी (भाजपा)  ले २७ वर्षपछि दिल्लीमा झण्डै दुई तिहाइ मत प्राप्त गरेको छ । भाजपाले ७० मध्ये ४८ सिटमा जित हासिल गरेको हो । जबकि आम आदमी पार्टी २२ सिटमा सीमित भएको छ । दिल्लीमा बहुमतका लागि ३६ सिट आवश्यक पर्छ।

दिल्ली विधानसभा चुनावमा कांग्रेसले लगातार तेस्रो पटक खाता खोल्न सकेन । कांग्रेस १९९८ देखि २०१३ सम्म दिल्लीमा सत्तामा रहेको थियो । तर २०१३ मा आम आदमी पार्टीले कांग्रेसको समर्थनमा सरकार बनाएको थियो । यसपछि २०१५ मा आम आदमी पार्टीले ६७ सिट जित्न सफल भएको थियो । २०२० मा पनि आम आदमी पार्टीले ७० मध्ये ६२ सिट जितेको थियो। सन् २०२० मा भाजपाले जम्मा ८ सिट जितेको थियो, यस पटक भाजपाले ४० सिट थपेको हो । आम आदमीले भने ४० सिट गुमाएको छ ।

भाजपाले ६८ सिटमा चुनाव लडेको थियो । भाजपाले सहयोगी लोक जनशक्ति पार्टी (रामविलास) र जेडीयूका लागि दुई सिट आरक्षित गरिएको थियो । कांग्रेसका ७० उम्मेदवारमध्ये ६७ जनाले आफ्नो जमानत गुमाए भने आम आदमीका २० उम्मेदवारले आफ्नो जमानत गुमाए।

सन् १९९३ मा भाजपाले ४९ सिट जितेको थियो । १९९८ पछि कांग्रेसले १५ वर्ष शासन गर्‍यो ।

जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टी र कांग्रेसप्रति कटाक्ष गरेका छन् । राजनीति परिवर्तन गर्छु भन्दै यसमा होमिएकाहरू आफैँ कट्टर बेइमान साबित भएको उनले टिप्पणी गरे ।

भ्रष्टाचारको छानबिन गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे । ुजनताले कांग्रेसलाई पनि कडा सन्देश दिएका छन् । दिल्ली चुनावमा कांग्रेसले शून्यको दोहोरो ह्याट्रिक गरेको छ । देशको पुरानो पार्टीले देशको राजधानीमा पछिल्लो ६ पटक खाता खोलेको छैन । उनीहरूले आफूलाई पराजयको स्वर्णपदक दिइरहेका छन् ।ु

Nabintech