२७ माघ २०८१, आईतवार
सल्यान महोत्सवमा आगलागी, ८० स्टल जलेर ध्वस्त

  • टाइम्स संवाददाता

  • २७ माघ २०८१, आईतवार ०८:४१

दोश्रो वृहत् सल्यान महोत्सवमा आगलागी भएको छ । आठ दिनअघि मात्रै सल्यानको श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले शुरू गरेको महोत्सवमा आगलागी भएको हो ।  शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर ध्वस्त भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको आयोजकले जनाएको छ । अहिले भने आगो नियन्त्रणमा लिई सकिएको नेपाल पत्रकार महासंघ सल्यानका पूर्वअध्यक्ष प्रतिक शर्माले जानकारी दिए ।

Nabintech