सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ । बस बबई पुलबाट तल खसेको छ । प्रहरीका अनुसार अब भारतमा लागिरहेको कुम्भ मेलातर्फ जाँदै थियो ।‘सबै जना सकुशल नै छन्, घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ,’ सुर्खेतका एसपी रुपेश खड्काले जानकारी दिए । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।