८ फाल्गुन २०८१, बिहीबार
टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०८१, मंगलवार ०८:०९

क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए ।

बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ । विमान दुर्घटनाको कारण खुलेको छैन । विमानस्थलका अधिकारीहरुले रनवे सुक्खा रहेको बताएका छन् । तर विमान कसरी चिप्लियो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।

Nabintech