९ फाल्गुन २०८१, शुक्रबार
रैथाने कृषि बाली संरक्षणमा जुट्दै मुक्तिनरगरका कृषकहरु

  • टाइम्स संवाददाता

  • ८ फाल्गुन २०८१, बिहीबार १५:५१

नेपालमा रैथाने कृषि परियोजना अनिश्चित मौसम अन्र्तगत खाद्य तथा पोषण सुरक्षाका लागि नेपालमा बनस्पती आनुबंशिक स्रोतहरुको संरक्षण र उपयोगमा बृद्धि गर्नका लागि छलफल कार्यलाई तिब्र पारिएको छ । कोहलपुर नगरपालिका वडा नं. २ मुक्तिनगरका कालिका ताजा तरकारी समुहसंग छलफल गरिएको हो ।
राष्ट्रिय कृषि आनुबांशिक स्रोत केन्द्र खुमलटारका विज्ञ प्रकाश पौडेल, डा. मुकुन्द भट्टराई र सुरेन्द्रकुमार श्रेष्ठहरुको उपस्थितीमा स्थानीय समुहका कृषकहरुसंग छलफल गरिएको हो । देशभरमा मध्यपहाडी क्षेत्रबाट लमजुङ जिल्ला र मध्य तराईको प्रतिनिधिको रुपमा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. २, मुक्तिनगरलाई छनौट गरीएको राष्ट्रिय जिन बैकका विज्ञ प्रकाश पौडेलले जानकारी दिनु भयो । यस्तै उहाँले कोहलपुर क्षेत्रमा पनि रथाने बाली कोदो, फापर, लट्टे लगाएतको उत्पादन र स्थानीय उत्पादनलाई प्राथमिता दिने र आयातित बिउहरुलाई हतोत्साहित गर्नका यो छलफल गरिएको बताउनु भयो ।
यस्तै जैविक किट संरक्षणका लागि लागनु भएका कोहलपुर निवासी पुरमल बस्नेतले अब सरकारले नै रैथाने बाली संरक्षण र यसको प्रवर्दनका लागि लाग्न आग्रह समेत गर्नु भयो । यस्तै छलफलमा बोल्दे कृषकहरुले सरकारले कृषि तालिकामा पनि हेरफेर गर्नु पर्ने माग गरेका थिए । उनीहरुले रैथाने बालीको परिक्षण भन्दा पनि यस तर्फ अन्य किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने धारण रोका थिए ।
यस्तै छलफल कार्यक्रममा सहभागी कृषकहरुले मुक्तिनगरमा परिक्षणका रुपमा कोदो, फापर लट्टे लगाएतका स्थानीय कृषि उत्पान गरेको कालिका ताजा तरकारी समुहका अध्यक्ष चन्द्रबहादुर जि.सीले सफल परिक्षण भएको जानकारी दिनुभएको थियो । कार्यक्रमको औपचारीक सुरुवात फागुन १० गते देखि हुने छ ।

Nabintech