९ फाल्गुन २०८१, शुक्रबार
प्रकृति मृत्यु प्रकरण छानबिनका लागि भारतको मानव अधिकार आयोगलाई पत्राचार

  • टाइम्स संवाददाता

  • ८ फाल्गुन २०८१, बिहीबार १८:२४

काठमाडौँ – भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत फेल परेकी बुटवलकी प्रकृति लम्सालको घटनामा छानबिनका लागि मानव अधिकार आयोग, भारतलाई पत्राचार गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले भारतको राष्ट्रिय मानव अधिकार आयोगलाई प्रकृति मृत्यु प्रकणमा छानबिनका लागि आग्रह गर्दै पत्राचार गरेको हो।

प्रकृतिको मृत्यु र त्यसपछि सत्यतथ्य छानबिन गर्न माग गर्दा त्यहाँ अध्ययनरत अन्य विद्यार्थीहरूमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनाको शीघ्र छानबिन गर्न नेपालको मानव अधिकार आयोगले आग्रह गरेको छ। मृत्यु प्रकरणको छानबिन गर्न आग्रह गर्दै बुधबार राष्ट्रिय मानव अधिकार आयोग भारतलाई पत्राचार गरिएको राष्ट्रिय मानव अधिकार आयोग नेपालका उपसचिव सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।

Nabintech