९ फाल्गुन २०८१, शुक्रबार
एमालेको तीन महिने ‘जरा अभियान’ सुरु

  • टाइम्स संवाददाता

  • ८ फाल्गुन २०८१, बिहीबार १८:२६

नेकपा एमाले, बाँकेले ‘जरा अभियान’ सुरु गरेको छ।  एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले पार्टी सदस्यको नवीकरणबाट तीन महिने जरा अभियानको सुरुवात भएको जानकारी दिए। जरा अभियानअन्तर्गत एमालेका नेता तथा कार्यकर्ता जनताको घरघरमा पुग्दै छन्। जनताको घरमा गएर उनीहरुसँग भेट गरेर समस्या बुझ्ने र समाधानको पहल गर्ने नीति लिइएको छ।

अभियानको क्रममा प्रत्येक टोल कमिटीले कम्तीमा एउटा रचनात्मक गतिविधि गर्न भनिएको छ। सरसफाइ, रक्तदान, पार्टी र राष्ट्रियतासम्बन्धी हाजिरीजवाफ, गाउँरटोलको समस्या समाधानका लागि छलफललगायतका गतिविधि गर्न भनिएको छ।  ‘मिसन २०८४’ लाई ध्यानमा राखेर एमालेका नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्न थालेको केन्द्रीय सदस्य दिपा शर्माले जानकारी दिइन्।

Nabintech