१० फाल्गुन २०८१, शनिबार
नमुना विद्या सदनमा आँखा तथा दाँत परिक्षण

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०८१, शुक्रबार २०:३०

कोहलपर ः कोहलपुर नगरपालिक वडा नं. ८ मा अवस्थित नमुना विद्या सदनले आफना विद्यार्थी तथा अभिभावक लक्षित एक दिने निशुल्क आँखा तथा दन्त पक्षिण शिविर संचालन गरेको छ । कौशिल्या अस्पताल प्रा.लि. कोहलपुरको प्राविधिक सहयोगमा आयोजित जनरल स्वास्थ्य आँखा तथा दन्त परिक्षण शिविरवाट ८ सय बढि लाभान्वित भएको विद्यालयका प्रबन्ध निर्देशक शिव डाँगिले बताए ।

उनले आजको प्रविधियुक्त युगमा विद्यार्थीहरुको महत्वपुर्ण अंग आँखाको परिक्षण गर्न विद्यालयले अत्यावश्यक महशुस गरि शिविरको आयोजना गरिएको वताए । डाँगिले मोवाईल, ल्यापटप जस्ता प्रविधियुक्त आधुनिक सामाग्रिहरुको विकाससंगै वालवालिकाहरुमा आँखाको समस्या बढ्दै गरेको औंल्याउदै आँखा जाँचका अलावा आँखाको महत्ववारे जनचेतना होस भन्ने हेतुले शिविर आयोजना गरिएको जिकिर गरे । उनले कक्षा १ देखि १० सम्मका ८ सय विद्यार्थी र विद्यालयमा भिजिटरको रुपमा अभिभावकहरुको समेत आँखा तथा दाँतको परिक्षण गरिएको जनाए ।

कौशिल्या अस्पतालका दृष्टि बिशेषज्ञ आषिका यादव नेतृत्वको टोलिले आँखाको परिक्षण गरेको अस्पताल प्रशासन प्रमुख शंकर न्यौपानेले वताए । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालले शिविरमा दाँत, आाखाको निशुल्क परिक्षण गरेको वताए ।

सामान्य रुपमा आँखा तथा दाँतका समस्याहरुलाई अन द स्पोट नै निदान गरिएको भएपनि जटिल खाले चस्मा प्रयोग गर्नुपर्ने दृष्टि समस्या भएका विद्यार्थीहरुलाई अस्पतालको परामर्शमा बिषेश छुटकासाथ उपचार गरिने अस्पताल प्रशासनले जनाएको छ ।

कोहलपुर क्षेत्रमै शैक्षिक अभियानमा नमुना रहेको नमुना विद्या सदनले शैक्षिक गतिबिधिकासाथै स्वास्थ्य, सामाजिक एवं बिद्यार्थीहरुलाई नविनतम ज्ञानहरु आर्जन गर्न विभिन्न क्रियाकलाप गर्दै आएको प्रति उच्च सम्मान छ भन्दै विद्यालय हाताभित्र भिजिटरका रुपमा आएकी कोहलपुर ९ कि पवित्रा परियारले यस्ता निशुल्क शिविरहरुले अभिभावक पनि लाभान्वित हुन पाउदा विद्यालय परिवार र कौशिल्या अस्पताल प्रति कृतज्ञता ब्यक्त गरेकी छिन ।

Nabintech