नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बाँकेको आयोजनामा कोहलपुरमा दुई दिने जिल्ला भेला तथा कार्यशाला कार्यक्रम शनिवार देखि शुरु भएको छ । अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष एवं किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालको प्रमुख आतिथ्यतामा आयोजित २ दिने भेला तथा कार्यशाला गोष्ठिको आज शनिवार कोहलपुर १२ चप्परगौंडिमा एक कार्यक्रमका विच केन्द्रिय अध्यक्षले विधिवत रुपमा उदघाटन गरेका हुन ।
कृषि क्षेत्रकालागि उर्वर भुमि मानिएको बाँके जिल्लामा आधुनिक कृषि खेति प्रणाली र उत्पादकत्व बृद्धिमा अपनाउन सकिने विधिहरुवारे छलफल हुने २ दिने कार्यशालामा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सुचना अधिकारी भोज वहादुर रावलले प्रशिक्षण दिने कार्यक्रमको तय भएको अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्ण बिक्रम केसिले जानकारी दिए ।
बाँके जिल्लाका ८ वटै स्थानिय तहवाट आएका १ सय पचास बढि अगुवा किसानहरुको सहभागिता रहेको कार्यशालाले बाँके जिल्लामा कृषि उत्पादनका संभावना र चुनौतिकावारे बाँके घोषण पत्र जारी गर्नेछ । अखिल नेपाल किसान महासंघ बाँके जिल्ला अध्यक्ष कृष्ण बिक्रम केसिको अध्यक्षतामा आयोजित कार्यशाला उदघाटन शत्रमा अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिव एवं लुम्विनी प्रदेश ईन्चार्ज आरती पौडेल,नेकपा एमाले बाँके ईन्चार्ज शान्ति ढकाल, नेकपा एमाले प्रदेस सदस्य गोपाल गिरी, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे लगाएतका वक्ताहरुले आ आफनो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नगर कमिटि अध्यक्ष कुल वहादुर भट्टराई,नेता भारति खनाल, भुमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल लगाएत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।