१३ फाल्गुन २०८१, मंगलवार
कोहलपुर गोल्डकप फागुन १७ देखि शुरु, मुख्यमन्त्री आचार्यले उद्घाटन गर्ने

  • टाइम्स संवाददाता

  • ११ फाल्गुन २०८१, आईतवार २१:०७

कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि मुख्यमन्त्री कोहलपुर गोल्डकप हुने भएको छ। गोल्डकपको यो तेस्रो संस्करण हो।

८ लाख पुरस्कार राशीको प्रतियोगितामा घानाको अफ्रिकन राष्ट्र फुटबल क्लब, भारतको साहारा फुटबल क्लब, प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब सहित ८ वटा टीमको सहभागिता हुने प्रतियोगिताका संयोजक कर्णबहादुर बस्नेतले जानकारी दिए। कोहलपुरको तेह्र विगाहमा प्रतिगोगिता हुनेछ। प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ। प्रतियोगिताको प्रमुख अतिथीको रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बनाउने निर्णय भएको समेत आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको कुल लागत ९१ लाख २६ हजार आँकलन गरिएको छ। प्रतियोगितामा ए डिभिजन क्लवलाई सहभागी गराउने प्रयास भइरहेको क्लबका अध्यक्ष चक्रबहादुर चिमाल क्षेत्रीले बताए।

प्रतियोगिताका लागि कोहलपुर नगरपालिकाले २१ लाख रुपैयाँ दिने निर्णय गरेको छ। मुख्यमन्त्री कार्यालयबाट पुरस्कार राशीको रकम माग गरिएको छ। जिल्लाका सबै पालिकालाई सहयोगका लागि पत्रचार गरिएको चिमालले जानकारी दिए । प्रतियोगिताको द्वितीयलाई ४ लाख, प्रतियोगिताका उत्कृष्ट एक जनालाई ५१ हजार, विधागत उत्कृष्टलाई १०/  १० हजार र प्रत्येक दिनको म्यान अफ द म्याचलाई ५ हजार दिने संयोजक बस्नेतले बताए।

यस्तै पत्रकार सम्मेलनमा कोहलपुर रेसिंग साहारा क्लबको जर्सी समेत सार्वजनिक गरिएको थियो ।

Nabintech