कोहलपुर : जैविक संरक्षणको सवाल , चुनौति र अवसर बिषयक जैविक चौतारी कार्यक्रम कोहलपुर सव डिभिजन वन कार्यालय अन्र्ततको कम्दी करिडोरमा पर्ने ज्योति सामुदायिक वनको चौतारीमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको सहकार्यमा युथ मिडिया हवले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अथिती कोहलपुर सव डिभिजन वन कार्यालयका बरिष्ठ रेन्जर उमा केसीले जैविक बिधिता संरक्षणको लागी सामुदायिक वनले खेल्दै आएको भुमिक महत्वपुर्ण रहेको बताउनु भएको थियो । गर्मीयाम सगै वन डढेलोका घटनाहरु बढदै जाने भएकोले यसमा आम उपभोग्ताहरु सचेत हुनु पर्ने केसीले बताउनु भएको थियो ।
कार्यक्रमका सहभागी सरस्वती माध्यमिक बिद्यालयका इको शिक्षक बुद्धिराम चौधरीले स्थानीय पाठ्क्रममा जैविक विविधता संरक्षणका सवालमा बिषयबस्तु समेटिनु पर्ने बताउनु भएको थियो । अहिले पछिल्लो समय जलबायुपरिर्बतनको असर परेको हुदा यसलाई न्युनिकरणको लागी बिद्यालयस्तरबाट सचेतना आबश्यक रहेकोले स्थानीय वडा कार्यालयहरुले पनि जैविक विविधता, वातावरण संरक्षणका सवालमा जनचेतना जगाउनु पर्ने र वन डढेलो नियन्त्रणको लागी सबै एक जुट भएर अग्नी रेखा निमार्णको काम गर्नु पर्ने शितल छाया सामुदायिक वनका अध्यक्ष कुसल भण्डारीले बताउनु भएको थियो ।
कार्यक्रमका अधिकाश सहभागीले यस्ता खाले कार्यक्रमले समुदायमा संरक्षणमा समेत टेवा पुराउने भएकोले कार्यक्रम प्रभाकारी भएको बताएका थिए । कार्यक्रमको औतित्व र आबश्यकताको बारेमा युथ मिडिया हवका कार्यक्रम संयोजक बिजय परियारले जानकारी दिनु भएको थियो । कार्यक्रममा वन तथा वातवरण संग सरकोकार राख्ने ३५ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण युथ मिडिया हवका निर्देशक हुमहरी भट्टराईले गर्नु भएको थियो ।