१४ फाल्गुन २०८१, बुधबार
‘फोर नेसन्स कप’ : नेपाल उपविजेतामा सीमित

  • टाइम्स संवाददाता

  • १४ फाल्गुन २०८१, बुधबार २१:२७

काठमाडौँ-  नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि चुम्ने सपना फेरि अधुरै बनेको छ । घरेलु मैदानमा ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता जित्ने लक्ष्य बनाएको नेपाल बुधबार दशरथ रङ्गशालामा बलियो प्रतिद्वन्द्वी म्यानमारसँग २–० गोलले पराजित भयो । १३औँ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको नेपाल पुनस् उपविजेतामा सीमित बनेको छ ।

म्यानमारको जितमा यु पर किनले खेलको ६२औँ मिनेटमा गोलको खाता खोल्नुभयो । उहाँले मध्यमागबाट एक्लै अगाडि लगेर गोल गर्नुभएको थियो । जुन बललाई नेपालका रक्षक र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले नियाल्न सक्नुभएन ।

यस्तै ६४औँ मिनेटमा म्यानमारकी कप्तान विन टुनको प्रहार गीता रानालाई लाग्दै गोलमा परिणत भएपछि नेपाल स्तब्ध बनेको थियो । १५ हजार धेरै घरेलु सर्मथकको साथ पाएको नेपालले पहिलो हाफमा दुईवटा राम्रो गोलको अवसर खेर फालेको थियो ।

तर नेपाल दोस्रो हाफमा लगातार दुई गोल खाएपछि निरिह बन्यो । यसअघि भएका पाँच भिडन्तमा म्यानमारसँग तीन हार र दुई खेल बराबरीको आत्मसाथ गरेको नेपालले यसपटक पनि फाइनलमा म्यानमारलाई हराउन सकेन । यसअघि लिग चरणमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका थिए ।

कीर्गिस्तान र लेबनान गरी चार टोली सम्मिलित प्रतियोगितामा दुवै टोलीले लिग चरणमा दुई दुई जित र एक बराबरी नजितासात सात सात अङ्क बटुल्दै फाइनलमा पुगेका थिए ।

नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई समान १–० गोलले हराएको थियो । यस्तै म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० गोलले हराएको थियो ।

एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ ।

Nabintech