कोहलपुर : जैविक संरक्षणको सवाल चुनौति , र अबसर बिषयक जैविक चौतारी कार्यक्रम राप्ती सोनारी गाउपालिका वडा ८ शम्शेरगन्ज सव डिभिजनको प्रांगणमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको सहकार्यमा युथ मिडिया हवले कार्यक्रम आयोजना गरेको हो ।
जैविक चौतारी कार्यक्रमका प्रमुख अथिती राप्ती सोनारी गाउपालिका वडा ८ वडा का वडा अध्यक्ष शालिकराम डाँगीले यो कार्यक्रमले समुदायस्तरमा जैविक विविधता संरक्षण गर्नमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भएको थियो । सामुदायिक वनका उपभोग्ताहरुलाई जैविक विविधता संरक्षणका सवालमा वडाका तर्फबाट सहयोग गर्ने र वन डढेलो नियन्त्रणका चेतनामुलक कार्यको लागी सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा शिबशक्ति सामुदायिक वनकी उपाध्यक्ष भारती डाँगीले कार्यक्रम प्रभाबकारी रहेको र यसले जैविक विविधता संरक्षणको लागी सहयोग पुराउने बताउनु भएको थियो ।
कार्यक्रममा शम्शेरगन्ज सव डिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले विभिन्न चुनौतीका बाबजुत जैविक विविधता संरक्षणका सवालमा वन तथा वातावरण सग सरोकार राख्ने ब्यक्तिीहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको थियो ।
वन क्षेत्रमा हरेक बर्ष जसो वन डढेलोले वन बनयजन्तुलाई नोक्सानी पुराइरहेको अबस्थामा सामुदायिक वनका सदस्यहरु सधै चनाखो हुनु पर्ने बरिष्ठ वन अधिकृत शर्माले बताउनु भयो ।
जैविक विविधता संरक्षणको लागी बिद्यालयस्तरबाट भइरहेका प्रयासहरुको बारेमा शिब शक्ति माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले संरक्षणका सवालमा आआफनो बिचार ब्यक्त गरेका थिए ।
बिद्यालयका शिक्षक गणेश प्रसाद पोखे्रलले जैविक विविधता संरक्षणको सचेतना जगाउनको लागी बिद्यालयबाट आफूहरु लागी रहेको बताउनु भएको थियो ।
कार्यक्रममा जैविक चौतारी कार्यक्रमको आबश्यकता र यसको महत्वको बारेमा युथ मिडिया हवका कार्यक्रम संयोजक बिजय परियारले जानकारी दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण युथ मिडिया हवका निर्देशक हुमहरी भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा वन तथा वातावरण सग सरोकार राख्ने ३५ जनाको सहभागीता रहेको थियो ।