१३ बैशाख २०८२, शनिबार
हरिहरपुर घोषण पत्र जारीसहित जैविक चौतारी कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०८१, बुधबार २०:३४

कोहलपुर  : जैविक संरक्षणको सवाल चुनौती र अबसर बिषयक जैविक चौतारी कार्यक्रम बाँकेको राप्ती सोनारी गाउपालिका वडा २ को हरिहरपुरम सम्पन्न भएको छ । कार्यक्रममा सम्शेरगन्ज सव डिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले जैविक बिबिधता संरक्षणको लागी सामुदायिक वनले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको थियो ।
पछिल्लो समय जैविक बिबिधताको संरक्षणमा स्थानीय समुदायको भुमिका अझै सक्रिय हुनु पर्ने उहाको भनाइ रहेको छ । वन संरक्षण सगसगै वनमा आश्रित समुदायका नागरिकहरुको आयजार्जनमा समेत बृद्धि हुदै गएको छ ।

 

जैबिक चौतारी कार्यक्रममा वन क्षेत्रका तालतलैको संरक्षण गर्नु पर्ने , वन डढेलो नियन्त्रणको लागी समुदायका सबै नागरिकहरु सचेत हुनु पर्ने लगायत ५ बुदे घोषण पत्र समेत जारी भएको थियो ।कार्यक्ममा युथ मिडिया हबका निर्देशक हुमहरी भटटराईले जललबायु परिर्बतन , वन डढेलोले जैबिक बिधितामा पुराएको असर, जैविक बिबिधता संरक्षणको लागी स्थनीय पाठ्यक बिषयबस्तु लाई बिद्यालय स्तरबाट सचेतना जगाउनु पर्ने आबश्यक रहेको बताउनु भएको थियो । कार्यक्रममा सहभागी भएका अधिकास ब्यक्तिहरुले वनमा रहने जीवजन्तुले मानव जीवनको लागी अहम भुमिका खेलीरहेको हुनाले संरक्षण गर्न आबश्यक रहेको बताएका थिए ।

जैविक चौतारी कार्यक्रममा वन तथा बातावरण सग सरोकार राख्ने ब्यक्तिहरुको सहागीता रहेको थियो । कार्यक्रमको बारेमा युथ मिडिया हवका कार्यक्रम संयोजक बिजय परियारले प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो ।

 

Nabintech