कोहलपुर : कोहलपुरमा असल चालकहरुलाइ सम्मान गरिएको छ । सुरक्षित यात्रा नेपाल केन्द्रिय कार्यालय बुट्वल द्वारा बाके जिल्लाका दमकल, एम्बुलेन्स , बस, ट्रक र ट्याक्टर लगायतका चालहरुलाइ सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले जनाए। लामो समय सम्म कुनै सवारी दुर्घटना नगरेका र ट्राफिक कार्यबाहिमा नपरेका ८३ जना चालकलाइ सम्मान लुम्बिनी प्रदेश प्रहरी प्रमुख दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्मान गरिएको हो। चालक सम्मान कार्यक्रममा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख डिआइजी दान बहादुर कार्कीले सवारी दुर्घटना रोक्नका लागि चालकहरुको भुमिका अहम हुने बताउदै सबैको सहयोगको आवश्यकता रहेको औल्याउनु भयो।


उक्त कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्की, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक श्याम बहादुर खत्री, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक पुष्कर राज पन्त, पत्रकार , बिमा कम्पनीहरु, विधालय लगायतका संघ संस्थाहरुको सहभागीता रहेको थियो ।

आयोजक संस्था सुरक्षित यात्रा नेपालले सवारी दुर्घटना न्युनिकरण एवं रोकथामको लागी विभिन्न संघ संस्था एवं सरोकारवालाहरुको सहयोग र सहकार्य्माकाम गर्दै आइरहेको छ। सडक दुर्घटना न्युनिकरणमा र सुरक्षित यात्रा का लागि सुरक्षित यात्रा नेपाल बुटवलले दीर्घकालीन योजना सहित अघि बढिरहेको अध्यक्ष कृष्ण प्रशाद बेल्वासेले बताए। सोही अवसरमा फाल्गुण २३ गते नेपालगन्जमा सम्पन्न ट्राफिक सचेतना सम्बन्धी वकृत्वकला कार्यक्रममा क्रमश प्रथम , द्वितिय, तृतिय र सान्तना स्थान प्राप्त गरेका विधार्थीहरुलाई नगद तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । २०८०/०८१ को प्रहरी तथ्याङ्क अनुसार लुम्बिनीमा सवारी दुर्घटना संख्या ११२०, मृत्यु ४९५ र घाइते १६९४ जना रहेका छन । त्यसैगरी चालु आ.व.को श्रावण देखि माघ मसान्त सम्म सवारी दुर्घटना संख्या १२६३, मृत्यु ३०३ र घाइते १९९८ जना रहेको तथ्याङ्कले देखाएको छ ।