काठमाडौं – शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुनस् आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले नेकपा एमालेको मुख्यालयमा धर्ना दिएको छ । महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत दलहरूलाई ध्यानाकर्षण गराउने क्रममा शिक्षक नेताहरू च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका हुन् । महासंघको टोली हिजो नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेको थियो ।
महासंघले चैत १ मा माओवादी कार्यालय, २ गते नेकपा एस, ३ गते रास्वपा, ४ गते जसपा, लोसपा र राजमोको कार्यालयमा र ५ गते जनमत, नागरिक उन्मुक्ति, राप्रपाको कार्यालयमा धर्ना दिने गरी योजना बनाइएको छ ।
यसअघि महासंघले फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । घोषित आन्दोलनअन्तर्गत राजनीति दललाई मागबारे ध्यानाकर्षण गराएको अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले बताइन् । शिक्षकहरूले गत शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।