३० फाल्गुन २०८१, शुक्रबार
हात्तीको आक्रमणबाट वृद्धको मृत्युपछि स्थानीयले गरे राजमार्ग बन्द

  • टाइम्स संवाददाता

  • २९ फाल्गुन २०८१, बिहीबार १४:४१

बर्दियामा जंगली हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेका हुन् ।  मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न उनीहरूको माग छ । अहिले लामो तथा छोटो दूरीको यातायात ठप्प भएको छ । सडक सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएका छन् ।

यसैबीच, सडक अवरुद्ध खुलाउन स्थानीयबासीसँग वार्ता गरी बाटो खुलाउन प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीयवासीबीच वार्ता गरी राजमार्ग खुलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।  गएराति ठाकुरबाबा नगरपालिका(२, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । राति आफ्नो घर नजिकैको खेतमा हात्तीले गहुँ खाएको थाहा पाएपछि धपाउन निस्केका थारुको हात्तीले आक्रमण गरेर मृत्यु भएको थियो ।

Nabintech