काठमाण्डौ – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली युगान्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो । युगान्डाकी रिता मुसामालीले ३८ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।
प्रतियोगितामा नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार बेहोरेको छ । यसअघिको भेटमा नेपालले युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै नेपाल नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा पराजित भएको छ । नेपाल अङ्क तालिकाको पुच्छारमा छ ।
लिग चरणमा शीर्ष २ मा पर्ने टोलीले उपाधिका लागि चैत ३ गते फाइनल खेल्नेछन् ।