३ बैशाख २०८२, बुधबार
संचारिका समूह बाकेको २३औ स्थापना सम्पन्न

  • टाइम्स संवाददाता

  • २९ चैत्र २०८१, शनिबार १२:१८

कोहलपुर  : दिवसका अवसरमा स्थानिय सासनमा महिला सहभागिता र सन्चारिका समुहको भुमिका बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ। कोहलपुर नगर पालिकाकी नगर उपप्रमुख संगीता सुबेदिको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा वडा नम्बर ११कि वडाअध्यक्ष कल्पना शर्मा,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिष्णु प्रसाद बेल्बासे, सन्चारिका समुहकी लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज लगायतले बोल्नु भएको थियो।
कार्यक्रमका अवसरमा नया बर्ष २०८२को क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता सन्चारिका समूह बाकेकी अध्यक्ष पबित्रा परियार र सन्चालन सचिब आशा परियारले गरेकि थिइन।

Nabintech