कोहलपुर : बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सगै वन्यजन्तु सप्ताह शुरु गरिएको छ । सप्ताह अन्तरगत ‘बुझौ वन्यजन्तुको आनीबानी, घटाऔं मानवसँगको द्धन्द्ध र हानी–नोक्सानी’ भन्ने मुल नारा रहेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउने विषय प्राथमिकतामा राखेर सफारी गरिएको बताउनुभयो । “यसको मुख्य उद्देश्य पर्यापर्यटनको विकास र निकुञ्जमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्दै जनतालाई पर्यापर्यटनसँग जोड्न खोजिएको होउहाले बताउनु भएको छ ।निकुञ्जभित्र रहेका वन्यजन्तु र मानवबीचको द्धन्द्धलाई घटाउनका लागि यसको बासस्थान ब्यवस्थापन अन्तरगत पानी पोखरी लगायतका घाँसे मैदानहरु ब्यवस्थापन गरिएको वरिष्ठ संरक्षण अधिकृत कँडेलले जानकारी दिनु भयो । ‘एउटै पोखरीमा बाघ, हात्ती, जरायो, चित्तल लगायतका विभिन्न वन्जयन्तुले विचरण गरेको देखिन्छ, जनावरहरु बाहिर निस्केर मानवसँग द्धन्द्ध हुन्थ्यो, वन्यजन्तुको बासस्थानको ब्यवस्थापनले गर्दा त्यस्ता घटनाहरुमा कमी आएको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनु भयो ।
सफारका क्रममा बाघ हाती , चौका जरायो जस्ता जनाबरहरु सहज रुपमा देख्न सकिन्छ । जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन् ।
करिब पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके रािष्ट्रय निकुञ्जमा स्तनधारी जनावार र चराका विभिन्न प्रजाति पाइन्छन् । मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति एक विशेषताका रुपमा देखिएको निकुञ्जको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक पनि निकुञ्जमा आउन थालेको निकुन्जले जनाएको छ ।