कोहलपुर : नेकपा एमाले कोहलपुर नगरपालिका १२ नम्बर वडा कमिटि ले १५ जना महिला अटो चालकहरुलाई सम्मान गरेको छ । नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै वडा कमिटिले आज चप्परगौडिमा महिला चालकहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुने अटो चालक महिलाहरुमा पिमा योगी,माया आचार्य, निरमाया थापा, पुष्पा थापा, कमला खत्रि, आरती सुनार,दिलमाया पुन, छवा कुमारी पोख्रेल, लाटी थारु लगाएत रहेका छन ।
महिला अटो चालकहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य एवं संघिय सांसद सुर्य ढकाल प्रदेश सांसद बसन्ति अधिकारी, नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई लगाएत नेताहरुले खादा माला र अबिर लगाई सम्मान गरेका हुन ।नेकपा एमाले १२ नम्बर वडा कमिटि अध्यक्ष नयन वहादुर शाहिको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडा सदस्य सरोज गोपाल पन्थिले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन वडा सचिव शान्तिले गरेकी थिईन ।