१० बैशाख २०८२, बुधबार
कोहलपुरमा नेचर गाइड एसोसियसनको सम्पर्क कार्यालय स्थापना

  • टाइम्स संवाददाता

  • १० बैशाख २०८२, बुधबार २१:०८

कोहलपुर  : बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय गतिबिधीहरु चलायमान भए सगै पर्यटकहरुलाई निकुन्ज भित्र घुमफिरमा सहजता ल्याउनको लागी नेचर गाइड एसोसियसनको सम्पर्क कार्यालय कोहलपुरमा स्थापना गरेको छ।
कार्यक्रमका प्रमुख अथिती बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कँडेलले निकुन्जमा सजिलै वन्यजन्तु देख्न सकिने ,निकुन्जमा जिपसफारीको लागी सबै नाकाहरु खुल्ला भइसकेको बताउनु भएको थियो । उहाले अगाडी भन्नु भयो “ वन्यजन्तुको लागी बासस्थान ब्यबस्थापन भएसगै बाघ अबलोकनको लागी सहज भएको उहाको भनाइ रहेको छ” । निकुन्जले पर्यटकहरुको सहजताको लागी सबै क्रियाकलाप सम्पन्न गरेको बताउदै त्यसै अन्र्तगत कार्यालय समेत स्थापना पनि एक रहेको बताउनु भयो । अब सबै पक्षले पर्यटक भित्राउने तर्फ ध्यान पुराउन सकेयो भने संरक्षणलाई संम्बृद्धि तर्फ जोडन सकिने बरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनु भयो ।

निकुन्ज स्थापनाको छोटो समयै संरक्षणमा रहेका साझेदार सस्थाहरुको सक्रियताले गर्दा मानब वन्यजन्तु वीचको द्धन्द्ध समेत घटदै गएको बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बताउनु भयो । पछिल्लो समय मध्यवर्ती क्षेत्रका नागरिकहरु वनजंगलको परनिर्भरतालाई घटाउदै गएका छन । जसकारण मध्यवर्ती क्षेत्रका नागरिकहरु आयआर्जनमा समेत जोडिन थालेका छन । यो सकरात्मक रहेको बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष खड्काले बताउनु भयो ।पर्यटकहरुलाई घुमाउनको लागी अहिले १५ जना भन्दा बढि प्रकृति पथ प्रदर्शक रहेका छन । नेचरगाइहरुले आफ्नो क्षमतालाई अब्बल बनाउनु पर्ने र निकुन्जको प्रचार प्रचारको लागी एम्बास्टरको रुपमा आफुलाई स्थापित गर्न पर्ने तराइ भु परिधि परियोजनाका प्रबन्धक राम किशोर यादबले बताउनु भयो । कार्यक्रममा जेडएसएल नेपाल कोहलपुर कार्यालयका प्रमुख सन्जय कँडेलले नेचरगाइहरुलाई चाहिने प्रबिधीक सहयोग गरिरहेको र निरन्तर सहयोग गर्ने समेत बताउनु भएको थियो ।


कायक्रमा नेचरगाइड एसोसिएसनका सल्लाहकार कृष्ण चौधरी अब पर्यटकहरु भित्राउनको लागी सबै सरोकारवालाहरु एक जुट हुनु पर्ने बताउनु भएको थियो ।बाँके राष्ट्रिय निकुन्ज छ भनी चिनाउन सबै लागेयो भने पर्यटकको कुनै दिन कमी नहुने उहाँको भनाइरहेको छ ।
कार्यक्रममा बिश्व वन्यजन्तु संरक्षण मन्च नेपालका अध्यक्ष हुमहरी भट्टराईले बाघ, चौका , जरायो लगायका बन्यजन्तुको अबलोकन सहज रहेको छ भनी स्थानीय स्तरबाट सचेतना जगाउन सबै सक्रिय हुनु पर्ने बताउनु भएको थियो । भट्टराई अगाडी भन्नु भयो अब मध्यवर्ती उपभोग्ता समितीका अध्यक्षहरुको भुमिका आन्तरिक पर्यटकहरु भित्राउनकोलागी बिद्यालय, सहकारी, र बाँकमा रहेका आठ वटै पालिकाहरुमा बाघ सहजरुपमा देख्न सकिन्छ भनि समन्वय गर्न आबश्यक रहेको बताउनु भयो ।


कार्यक्रममा एनटिएसी बर्दिया प्रमुख अजित तुम्बहम्फे,रण बम गण गणपति प्रमुख सेनानी प्रविन थापा , नेचरगाइड र मध्यवर्ती उपभोग्ता समितीका अध्यक्षहरुको सहभागीता रहेको थियो । कार्यक्रम नेचरगाइड एसोसिएसन बाँकेका अध्यक्ष भिम बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम एसोसिएसनका सचिब शान्ती चौधरीले सन्चालन गर्नु भएको थियो ।

Nabintech