बाँके: १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले लामो समय प्रेस मजदुरका रुपमा कार्यरत प्रेस मजदुरहरुलाई सम्मान गरेको छ ।
प्रेस चौतारी नेपाल बाकेले सम्मान गरेकाहरुमा रेडियो मिसनका प्राविधिक धर्मराज गौतम, दैनिक नेपालगञ्जका पत्रिका वितरक प्रेम केवट र रेडियो प्रतिबोध एफएम कि प्राबिधिक मिना रावल रहेका छन । उनीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य एवं मुश्लिम फाँट ईन्चार्ज मोहम्द हारुन हलवाई, चौतारीका केन्द्रिय सदस्य विष्णु प्रसाद बेल्वासे, सकिल अहमद कादरी र सम्मान पत्रकासाथ सम्मान गरेका हुन ।नेपालगञ्जमा आयोजित कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख खम्व पुन, चौतारी लुम्बिनी प्रदेश कोषाध्यक्ष बिनोद भट्टराई ,जनजाती पत्रकार संघ बाँकेका उपाध्यक्ष सोम गुरुङ,प्रेस चौतारी कोहलपुर नगर अध्यक्ष प्रमोद रिजाल लगाएतको उपस्थिति रहेको थियो ।