१९ बैशाख २०८२, शुक्रबार
बाँके समाजबादिमा सचिबका बलियो उम्मेदवार डाँगी

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०८२, शुक्रबार १४:५१

कोहलपुर  : नेकपा (एकीकृत समाजवादी) बाँकेको ८औं जिल्ला अधिवेशन भोलि बैशाख २० गते हुने भएको छ। अधिवेशन नजिकिँदै जाँदा भावी नेतृत्वका आकांक्षीहरू आ–आफ्नो पक्षमा माहोल बनाउन सक्रियता पुर्बक भइरहेका छन्। यसै सन्दर्भमा कोहलपुर नगर कमिटी अध्यक्ष शिव प्रसाद डाँगी जिल्ला सचिव पदका बलिया उम्मेदवार रहेको पार्टी प्रतिनिधिहरुले बताए।सचिब पदमा उम्मेदवारी दिन तयारी गरिरहेका डागी युवा र पाका पार्टी कार्यकर्ता बिच निकै लोकप्रिय रहेका छ्न। डाँगी निकट स्रोतका अनुसार उनले जिल्लाभर संगठनलाई अझ मजबुत बनाउँदै २०८४ सालको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पनि आफ्नो उम्मेदवारी रहेको जनाइएको छ। बाँके जिल्ला भित्र कोहलपुर नगर कमिटी अन्य पालिका कमिटी भन्दा निकै सकृय बढी क्रियाशील मानिन्छ। यही क्रियाशीलता र जनसम्पर्कको आधारमा शिव डाँगीले जिल्ला नेतृत्वमा पुग्दा संगठन सशक्त हुने विश्वास गरिएको छ। उनले स्थानीय तहमा पार्टीको जित दिलाउन, आम नागरिकका समस्या समाधान गर्न र संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने दाबी गर्दै आइरहेका छन्। शिव डाँगी लामो समयदेखि कोहलपुर क्षेत्रको शैक्षिक एवं सामाजिक क्षेत्रमा योगदान दिँदै आएका व्यक्ति हुन्। समाजबादिको जिल्ला सचिबमा शिव डाँगीको दाबिलाइ हेर्दा उनी सशक्त उम्मेदवारका रूपमा अगाडि आउने राजनीतिक विश्लेषकहरूको बुझाइ रहेको छ।

Nabintech