काेहलपुर : भूमिहीन सुकुम्बासीकाे वर्षाेदेखि जग्गाको लालपुर्जा पाउने सपना आजको दिनदेखि पूरा भएको छ । यसकाे शुभारम्भ आज काेहलपुर नगरपालिका वडा नम्बर १ का ९१ जना भूमिहीन , दलित र भूमिहीन सकुम्बासी परिवारलाई भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा लालपुर्जा बितरण गरिएको हो। लालपुर्जा बितरण सुभारम्भ कार्यक्रममा राष्ट्रिय भूमि समस्या समाधान आयाेगका केन्द्रीय अध्यक्ष हरि रिजाल,संघीय तथा प्रदेशका सम्सादहरु, विभिन्न राजनितीक दलका नेता, कोहलपुर नगर प्रमुख लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो। जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गरेर सपना पूरा गर्ने कार्यको थालनी भएकोमा आमसर्बसाधाराण खुशी भएका छन । वर्षैं देखि गिजाेलिएर रहेको सुकुम्बासी एवं भूमिहीन जनताको समस्या समाधानमा नेपाल सरकार, केन्द्रीय भूमि समस्या समाधान आयाेग, जिल्ला भूमि समस्या समाधान आयाेग, बाँके लगायत काेहलपुर नगरपालिकाले तदारुकताका साथ काम गरेकाे कारण यो कुरा सम्भब भएको हो। आज जग्गाको स्वामित्व प्राप्त गर्नु हुने काेहलपुर वडा नम्बर १ का सम्पूर्ण भूमिहीन दलित र भूमिहीन सुकुम्बासी दाजुभाइ दिदिबहिनीहरू निकै हर्सित हुनु भएको छ। जिल्ला भुमी आयोगको आयोजनामा आज कोहलपुरको शीत भन्डारमा विशाल कार्यक्रमको आयोजना गरि लालपुर्जा बितरण गरियको हो। आउदो असार १५ सम्म १५ हजार सुकुम्बासी एव अव्यवस्थित परिवारलाई पुर्जा बितरण गर्ने तयारी रहेको कुरा आयोगका बाके अध्यक्ष घननाथ खनालले बताए।