२४ बैशाख २०८२, बुधबार
सुचनामा पत्रकारलाई सहज पहुच पु्याउने : डिएसी खनाल

  • टाइम्स संवाददाता

  • २४ बैशाख २०८२, बुधबार ११:४२

कोहलपुर :  इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका नयाँ कार्यालय प्रमुख (डिएसपी) प्रहरी नायव उपरीक्षक लक्ष्मी खनाल र संचारकर्मी बिच परिचयात्मक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।  डिएसपी खनाललाइ पत्रकारहरुले संचार एवं नागरिकमैत्रि बन्न सुझाएका छ्न।
पत्रकारहरुले कार्यालय प्रमुख खनाललाई सहज सुचना पहुँचमा पत्रकारहरुसंग सहकार्य गर्न र यथार्थ सुचना प्रवाह गर्न समेत अनुरोध गरेका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरि,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विष्णु प्रसाद बेल्वासे,प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप वाग्ले, प्रेस युनियन बाके अध्यक्ष प्रियास्मृति गिरि, प्रमोद रिजाल, नेपाल पत्रकार महासघं बाँकेका पुर्व उपाध्यक्ष संगिन शर्मा  , कुशल दलामी, कपिल अञ्जान, रवि रोकाय, हेमन्त वि.क लगाएतले आआफ्नो धातणा राखेका थिए। मुस्कान सहितको प्रहरी र प्रहरी मेरो साथी भन्ने कथन आत्मसाथ गर्दै कार्यगर्न सुझाए।

ईलाका प्रहरी कार्यालयमा एक हप्ता अघि हाजिर भएकी कार्यालय प्रमुख लक्ष्मि खनालले पत्रकारहरुका सुझावहरु आत्मसाथ गर्दै आफुले समाज सुधारका लागि कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरिन।
उनले कार्यालय प्रमुख को आयो यो गौण विषय भएको उल्लेख गर्दै कार्य सम्पादन प्रहरीहरुको सिष्टमवाट हुने बताइन ।
लागु औषध, सडक दुर्घटना, साईवर क्राईम लगाएत अन्य जघन्य अपराध नियन्त्रणकालागि आफु मातहतको चैन अफ कमाण्डलाई चुस्त दुरुस्त राखिने बताइन।भन्दै ईलाका प्रहरीले दिन मिल्ने खालका सुचनाहरु दिन कुनै ढिलाई नगरिने वताईन ।

Nabintech