११ जेष्ठ २०८२, शनिबार
युवा संघको दशौं महाधिवेशनः बालकोटलाई सुमन पुरीको काउन्टर, छुट्टाछुट्टै शक्ति प्रदर्शन

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८२, शनिबार २०:३६

पोखरा –  पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनमा अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले महाधिवेशनस्थलमा छुट्टाछुट्टै शक्ति प्रदर्शन गरेका छन् ।

महाधिवेशनस्थलमा थेबेका समर्थकले उनलाई अध्यक्ष बनाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । त्यसलगत्तै पुरी समर्थकको नाराबाजीका साथ महाधिवेशनस्थलमा प्रवेश गरेका थिए ।

स्रोतका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेलाई अध्यक्ष दोहोर्‍याउन अध्यक्षमण्डललाई निर्देशन दिइसकेका छन्, तर महासचिव पुरी यस पटक अध्यक्ष नछाड्ने अडानमा छन् ।

Nabintech