१५ जेष्ठ २०८२, बुधबार
लुम्बिनीमा प्रि–बजेट छलफल सुरु हुँदै

  • टाइम्स संवाददाता

  • १४ जेष्ठ २०८२, मंगलवार ०८:२६

लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि–बजेट छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सो छलफल अन्तर्गत प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारहरूबारे विचार विमर्श गरिनेछ ।

यस अघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलेले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

प्रदेश सभाका सदस्यहरूले आजबाट उक्त प्रस्तावमाथि आ–आफ्ना सुझाव र धारणा राख्ने अवसर पाउनेछन् । प्रदेश सरकारले आगामी बजेटमा सामाजिक क्षेत्रको सुदृढीकरण, कृषि र पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्यमा लगानी, जलवायु परिवर्तनको सामना तथा समावेशी विकास जस्ता विषयलाई प्राथमिकता दिने तयारी गरेकोे जनाइएको छ ।

Nabintech