कोहलपुर र नेपालगन्जमा रहेका गाडी मेकानिक्सहरुलाई एक दिने तालिम दिइएको छ । नेपाल अटो मेकानिक्स महासंघको सहकार्य र भिजी मोटर्सको प्राविधिक सहयोगमा उक्त तालिको आयोजना गरिएको हो । पछिल्लो समय इभी सवारीहरुमा केहि समस्याहरु आएको खण्डमा केन्द्रिय कार्यालय वा क्षेत्रिय कार्यालयमा सम्पर्क गर्नु पर्ने समस्या रहेको हुदा स्थानीय स्तरमा उपलब्ध मेकानिक्सहरुबाटनै काम गर्न सकियोस भनेर उक्त तालिमको आयोजना गरिएको भीजि मोटर्सका रिसर्च एण्ड डेप्लोपर्स म्यानेजर सम्राट गौतमले जानकारी दिनु भयो । यस्तै उहाँले स्थानीय स्तरमा काम गरिरहेका मेकानिक्सहरुले उत्कृष्ट कार्य गरेको सुझाब आएको खण्डमा आफुहरुले उहाँहरुको क्षमता अभिबृद्धिका लागि काठमाण्डौँमा केहि महिनाको तालिमपनि निशुल्क दिने व्यवस्था गरेको जानकारी दिए ।
यस्तै भिजी मोटर्स नेपालगन्जका सेल्स म्यानेजर प्रज्वल ठकुराठीले आफुहरुको कम्पनीको यो तालिम पूर्वमा सम्पन्न भएको र पश्चिम क्षेत्रमा अहिले संचालन भैरहेको जानकारी दिए । यो तालिम पश्चिम डोटी दिपायल, महेन्द्रनगर, सुर्खेत हुदैँ नेपालगन्जमा संचालन भएको र अबका दिनहरुमा दांग, बुटवलमा संचालन हुने जानकारी दिए । ठकुराठीले भने भिजी मोटर्सले नेपालगन्जबाट सवारी बिक्रिका साथै बिभिन्न पार्टस पूर्जाहरु बिक्रि वितरण गर्दै आएको बताए ।
कार्यक्रमको सहकार्य नेपाल अटो मेकानिक्स महासंघले गरेको केन्द्रिय उपाध्यक्ष मातृका सापकोटाले जानकारी दिए । बिभिन्न समयमा इभी सवारीमा समस्या आउदा आफुहरु कहाँ काम गर्ने मेकानिक्सहरुलाई पर्याप्त जानकारी नहुदा समस्या हुने गरेकोमा अबका दिनहरुमा यो तालिमले काम गर्न सहज हुने बताए ।
कार्यक्रममा कोहलपुर र नेपालगन्जका गरि करिब पचास बढि मेकानिक्सहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी मेकानिक्सहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराएको भिजी मोटर्स नेपालगन्ज्का सेल्स म्यानेजर प्रज्वल ठकुराठीले जानकारी दिए ।