काठमाडौं – पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा कोरोना संक्रमण बढेको भन्दै चर्चामा आएको विषयलाई लिएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले स्पष्टीकरण दिएको छ । इडिसिडीका निर्देशक डा. चन्द्र भाल झाले सामाजिक सञ्जालमा चर्चा आएको कोरोना संक्रमित ७ जना एकै दिन पुष्टि नभएर झण्डै दुई महिनादेखिको केश भएको अनलाइनखबरसँग बताए ।
‘केही सञ्चारमाध्यमले अतिरञ्जित गर्दैै नयाँ भेरियन्टको कोराना फैलिएको हल्ला चल्यो । तर त्यो झुटो हो,’ डा. झाले अनलाइनखबरसँग भने, ‘नियमित रुपमा परीक्षण गर्दा दुई महिनादेखिको पुष्टि भएको केश हो ।’