१९ जेष्ठ २०८२, आईतवार
बाँकेका स्थानिय तहहरु विपद् पूर्वतयारीमा जुटे

  • टाइम्स संवाददाता

  • १७ जेष्ठ २०८२, शुक्रबार १६:०५

मनसुनी गतिविधि सुरु भएसंगै संभावित जोखिमको आकलन गरी बाँकेका स्थानिय तहहरु तयारीमा जुटेका छन् । बाँकेमा विपद्का कारण हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय तहहरुको वर्तमान अवस्थालाई समिक्षा गर्दै पूर्वतयारी थालिएको हो । बाँकेको कोहलपुर नगरपालिकाले आज आयोजना गरेको अन्तरपालिका समन्वय बैठकमा पूर्वसुचना प्रणालीलाई प्रभावकारी बनाउने र विपद्बाट हुने क्षति रोक्न सामुहिक प्रयास गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा पूर्व सुचना प्रणालीसंगै विपद्बाट जोगिन अपनाउनु पर्ने सावधानीबारेका सुचना संप्रषणका लागि सार्वजनिक सेवा प्रशारण एनटिभी कोहलपुर कृयाशिल रहेकाले सहकार्यका लागि आग्रह गर्नु भयो ।। सार्वजिनक सेवा प्रशारण विपदका बेला नागरिकको सारथी भएको भन्दै प्रमुख खनालले पूर्व सुचनाको पहुँच नागरिकहरुसम्म पुर्याउन सबै संयन्त्र उतिकै जवाफदेही रहेको बताउनुभयो । नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विगतका अभ्यासले नेपालगंज विपद्का समयमा उद्धारपछिको उपचारमा महत्वपूर्ण देखिएको बताउदै यसलाई हवकै रुपमा विकास गर्नु पर्ने बताउनुभयो । 

यस्तै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रासद आचार्यले भुगोल अनुसार विपद्को स्वरुप फरक भएकाले सोही अनुसार प्रतिकार्य योजना बनाइ काम गर्नु पर्ने बताउनुभयो । उहाँले विद्युतका पोलहरु वर्षातका बेला कोहलपुर क्षेत्रका लागि जोखिमयुक्त भएकाले त्यसको प्रभावकारी व्यवस्थापन हुनु पर्ने बताउनुभयो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख , शसस्त्र प्रहरी प्रमुख, बाँकेका पालिकाका प्रमुख तथा उपप्रमुख र विपद् फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।
बाँकेमा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

Nabintech