२१ जेष्ठ २०८२, मंगलवार
जनआन्दोलन समितिद्वारा भोलि उपत्यका बन्दको घोषणा

  • टाइम्स संवाददाता

  • १९ जेष्ठ २०८२, आईतवार २१:००

काठमाडौं – जनआन्दोलन समितिले सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ । आइतबार भएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले बर्बर दमन गरेको भन्दै पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई अमानवीय तवरले नियन्त्रण गरिएको समितिले उल्लेख गरेको छ ।

सरकारको दमनले आफूहरुले आन्दोनको स्वरुप परिवर्तन गर्न बाध्य भएको संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसक्रममा सोमबार उपत्यका बन्दको घोषणा गरेको उक्त व्यक्तिमा भनिएको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं’, सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु ।’

Nabintech