२१ जेष्ठ २०८२, मंगलवार
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनको तयारी तीव्र

  • टाइम्स संवाददाता

  • १९ जेष्ठ २०८२, आईतवार २१:०१

नेपालगञ्ज– नेपाली कांग्रेस, बाँके क्षेत्र नम्बर २ ले आफ्नो तेस्रो क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारेको छ। क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले जानकारी दिएअनुसार, जेठ २० गते नेपालगञ्जमा तेस्रो क्षेत्रीय सम्मेलन आयोजना हुनेछ। सम्मेलनको उद्घाटन पार्टीका महामन्त्री गगन थापाले गर्ने कार्यक्रम तय भएको छ।

सम्मेलनमा राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने सचिव सुनिलसिंह हमालले बताए। कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले यस्ता सम्मेलनहरूले ‘नवीन कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानमा प्रभावकारी भूमिका खेल्ने बताए।

पत्रकार सम्मेलनमा प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल, क्षेत्रीय सचिव प्रदीप शाहलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Nabintech