आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइएको छ । यसै सन्र्दभमा कोहलपुरमा पनि विभिन्न कार्यक्रमको आयोजनामनाइएको हो । कोहलपुर वडा नं. १२ मा रहेको रामजानकी मन्दिर परिसरमा तक्षशिला एकेडेमीमा अध्यनरत कक्षा ८, ९ र १०का विद्यार्थीहरुले सरसफाई गरि दिवसलाई मनाएका हुन ।उक्त कार्यक्रममा विद्यालयका प्रचार्य भीमबहादुर रोकायले विद्यार्थीहरुलाई सचेतना र दिवसलाई भव्य बनाउनका लागि सरसफाई गरिएको जानकारी दिनु भयो । कार्यक्रममा विद्यालयका शिक्षकर विद्यार्थीहरुको उल्ल्ेखनिय सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरे बमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।।